पोखरा कात्तिक १७ गते । पोखरा पर्यटकीय केन्द्र फेवालातको मुहान हर्पन खोला लगायत अन्य खोलाहरुमा महानगरपालिकाले ड्याम निर्माण गरेको छ । ती ड्याम सार्वजनीक तथा नीजि साझेदारीमा ठेक्कामा दिएको छ । पोखराको फेवातालको मुहानबाट बगेर आउने ४ वाट स्रोत नदी ( हर्पन खोला, खहरेखोला, लौरुक खोला र वेतयानीखोला ) मा बनेका सिल्टेसन ड्यामहरुको मर्मत संभार तथा पुननिर्माणका लागि महानगरले फेवा सिल्टेसन प्रालितसंग सम्झौता गरेको हो ।
कम्पनीले पोखरा उक्त क्षेत्रका नागरिकहरुसंग अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सरोकारवाला, स्थानीय नागरिक, नागरिक समाज र जनप्रतिनिधिको उपस्थितिमा कम्पनीले सल्लाह, सुझाव संकलन गरेको हो । कार्यक्रम वडा नम्वर २३ का अध्यक्ष विष्णुप्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न गरेको हो ।
कार्यक्रमा किलिनइनर्जी कन्सल्टेन्सीका अध्यक्ष मनिदाहाल र सेडीमेन्ट इन्जीनियर विष्णु बरालले अब बन्ने वृस्तित परियोजना प्रतिवेदन (डिपिआर) बारेमा जानकारी गराउनु भएको थियो भने,राजनितीक दल,सरोकार वाला र विभिन्न उपभोक्ता समितिका व्यक्तीहरुले अब बन्ने (डिपिआर)को लागी आफनो राय सल्लाह र सुझाव राखेका थिए ।
कार्यक्रमा पोखरा २४ का वडा अध्यक्ष ओम सुवेदी, पोखरा महानगर कार्यपालिका सदस्य सन्तु सुवेदी, नेपाली काँग्रेसका पोखरा २३–२४ का सभापतीहरु भरतराज भण्डारी र प्रताब बहादर कार्की, ने.क.पा. एकालेका पोखरा २३ र २४ का अध्यक्ष चेतनाथ भण्डारी र शिव सुवेदी,ने.क.पा. माओबादीका बलराम सुवेदी, समाजसेबी दामबहादुर वि.क, हरि लामिछाने, सुर्य प्रसाद भण्डारी, विष्णु भण्डारी, विष्णु दाहाल, प्रेम भण्डारी,मिन वहादुर बस्नेत, राजु घले, सागर सुवेदी र टंक सुवेदीले आफनो भनाई राख्नुभएको थियो । महानगरपालीका बरिष्ठ ईन्जिनियर महेन्द्र बहादुर गोदारले प्राविधिक विषयमा स्पष्ट पार्नुभएको थियो ।
कम्पनीका अध्यक्ष पोषण बहादुर थापाको अध्यक्षतामा भएको थियो भने संञ्चालन प्रवन्धक निर्देशक शिवप्रसाद अधिकारीले र स्वागत कम्पनीका संञ्चालक नवराज पराजुलीले गर्नुभएको थियो । पोखरा महानगरपालिका र फेवा सिल्टेसन प्रा.लि. बिच सार्वजनिक नीजि साझेदारी (पीपीपी) अवधारणा अन्र्तगत २०७८ जेठ १७ गते सम्झौताभई कार्यान्वयनको चरणमा रहेको छ ।