पोखरा, १८ कात्तिक : पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आगामी शनिवार १४ औं भाइटिका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव हुन लागेको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै जारी कोभिड महामारी विच पनि पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।