पोखरा, कात्तिक २६ गते ।नेकपा एमालेले गण्डकी प्रदेश कमिटिले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । गण्डकी प्रदेशबाट दशौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो सर्वसम्मतबाट लगाएको छ । एमालेले कात्तिक २७ गते देशभर प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनीक गरेपनि गण्डकीमा आजै प्रतिनिधिको नाम टुंगो लागेको हो ।
गण्डकी प्रदेशले पाँच जना प्रतिनिधि पठाउन पाउँछ । छनोट भएका प्रतिनिधिहरुमा खुल्लाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा के सी भण्डारी र कृष्ण कुमारी श्रेष्ठ चयन भएको एमाले गण्डकी प्रदेशले जनाएको छ ।