पोखरा, मंसिर ७ गते । पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी अधिकारी विजयी हुनुभएको छ । हालै सम्पन्न २८ औं शाखा अधिबेशन तथा ३३ औं बार्षिक साधारण सभाबाट अधिकारी अत्याधिक मतले बिजयी हुनुभएको हो ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सरु थापा सर्वसम्मत चयन हुनुभएको छ । सचिबमा प्रमिला सुबेदी, कानुनी सल्लाहकार मा लक्ष्मी(लता) थापा कुंवर,,कोषाध्यक्षमा सुमित्रा कोईराला,बृद्वि सभापतिमा सम्झना बस्नेत, उपाध्यक्षमा सम्झना थापा,शिलु चालिशे,संगिता अधिकारी,सुनिता गौतम भण्डारी चयन हुनुभएको छ । त्यस्तै निर्देशकमा शकुन पौडेल,दिपा तिवारी रेग्मी,रचना अधिकारी, सृजना(ईशा) आले सर्वसम्मत चयन हुनुभएको छ ।
अधिबेशनमा निर्वाचन आयुक्त मा पूर्व अध्यक्ष सन्तु पौडेल रहनू भएको थियो भने अधिबेशन निर्देशकमा शोभा भूजेल रहनु भएको थियो।अध्यक्षमा गायत्री फुंयाल र लक्ष्मी अधिकारी बिच प्रतिस्पर्धा भएको थियो । आफु अध्यक्षमा बिजयी भएकोमा अधिकारीले मतदातालाई धन्यवाद दिदैं संस्थालाई अझै बलियो र परिस्कृत गरेर लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
वर्ष २०२१ की अध्यक्ष कमला शर्मा (बिनीता) कंडेलले नवनिर्वाचित अध्यक्ष अधिकारी लगाएतका सम्पूर्ण नवनिर्वाचित पदाधिकारलाई माला र अबिरले स्वागत तथा सम्मान गर्नुभएको थियो । वर्ष २०२१ मा उत्कृष्ट शाखा बनाउन भुमिका खेल्ने र विभिन्न विधामा सम्मानित हुन सफल हुने सम्पुर्ण सदस्यहरुको साथ र सहयोग प्रति धन्यबाद ज्ञापन समेत गर्नुृभएको थियो ।