कास्की काँग्रेसको सभापतिका लागि आज पूनः मतदान हुदै

पोखरा, मंसिर ११ गते ।नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि दोश्रो पटक आज फेरी मतदान हुने भएको छ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत प्राप्त गरेका दुई उम्मेवादरवीच फेरी मतदान हुने भएको हो ।

पाँच उम्मेदवार मध्य धेरै मत ल्याएका किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान हुने भएको हो । विहान दश बजेदेखि साँझ चार बजेसम्म मतदानको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

 

पार्टीको विधान अनुसार सभापति बन्नका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । शुक्रबार हुने मतदानमा कुल खसेको मतमा जसले धेरै प्राप्त गर्छनउनै उम्मेदवार पार्टीको सभापति चुनिनेछन ।पार्टी सभापति पदका लागि बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दिएका थिए ।

 

शुक्रबार मतदान हुँदा दुई हजार २५ मत खसेकोमा बरालले ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए ।यसैगरी गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरे । योसंगै गुरुङ, शर्मा र गौतम सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।भट्टराई र गुरुङ बीच कडा प्रतिस्पर्धा भए पनि १० मतको अन्तर रह्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...