पोखरा, मंसिर ११ गते ।नेकपा माओबादी (केन्द्र)मादी गाँउपालिकाको अध्यक्षमा तोरणबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओबादी केन्द्रले शनिबार ७५३ वटै पालिकाको अधिवेशन उद्घाटन गरेको थियो ।
मादीमा आज भएको अधिवेशनले गुरुङको अध्यक्षमा सर्वसम्मत कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षत्रयमा रुद्र रानाभाट, नन्दसिरी गुरुङ्ग । यन्गेल्स कार्कीलाई चयन गरेको छ । त्यस्तै कमिटिको सचिवमा वेलबहादुर परियार,सहसचिवमा सन्तोस अधिकारी र कोषाध्यक्ष्मा कल्यानी अधिकारीलाई चयन गरेको छ ।