एमाले महाधिवेशन :रातीको नौ बजेसम्म पनि सुरु भएन बन्दसत्र, पदाधिकारीमा सर्वसम्मत प्रयास जारी

पोखरा, मङ्सिर १२ गते ।नेकपा एमालेको दशौँ महाधिवेशन चितवनमा जारी छ । महाविधेशन अन्र्तगत आज बन्द सत्रको दोश्रो दिन भएपनि बन्द सत्र सुरु हुन सकेको छैन । बन्दसत्र साँझ सात बजेबाट सुरु हुने भएपनि अहिले नौ जबेसम्म सुरु भएको छैन् । सहमतीको प्रयास गर्ने भन्दै बन्द सत्र सुरु नहुदाँ बन्द सत्र सुरु नहुदाँ प्रतिनिधिहरु अन्यौलमा छन । सर्वसम्मत वा निर्वाचन के हुने हो भन्नेमा अन्यौलमै प्रतिनिधि बन्द सत्र हलभित्र र बाहिर गरिरहेका छन् । महाधिवेशन अन्र्तगत आज निर्वाचनको कार्यतालिका थियो । तर एमालेले सर्वसम्मत नेतृत्व चयन गदै एकता प्रर्दशन गर्ने बताएपनि पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा बन्द सत्र सुरु हुन नसकेको हो ।

पदाधिकारीमा ओली खेमाकै नेताहरु वीच सहमती नहुदाँ सर्वसम्मत नेतृत्व चयनमा सकस देखिएको हो । बरिष्ठ उपाध्यक्षमा सुवास नेम्वांग र ईश्वर पोखरेलवीच रस्साकस्सी भएपछि विवाद देखिएको छ । नेम्वांगले अध्यक्ष ओली बाहेक कसैलाई नेता नमान्ने बताएपछि सहमतीमा नेतृत्व चयन थप पेचिलो बनेको छ । त्यस्तै महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल आकांक्षी देखिएका छन् । एमालेमा असुन्तुष्ट देखिएका भिम रावलले अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका छन । उनले निर्वाचनमा एक मत आएपनि नछाडने अडान लिएका छन । कुनै एक ब्यक्तिलाई नाम घोषणा गर्ने दिनु विधान विपरित हुने बताउदै आएका छन । यता घनश्याम भुषालपनि निर्वाचनबाटै नेतृत्व चयन हुनपर्ने अडानमा छन् । उनी पनि नाम घोषणा गर्ने निर्णयप्रति असन्तुष्ट रहेका छन् ।

अधिकांश प्रतिनिधिहरु सर्वसम्मतको पक्षमा भएपनि पदाधिकारी चयनमा देखिएको समस्याले निर्वाचन हुन्छ वा सर्वसम्मत भन्नेमा अन्यौल देखिएको छ । यदि सर्वसम्म हुन नसके एमाले महाधिवेशन लम्विने सम्भावना रहेको छ । एमालले आज महाविधेशन सम्पन्न गर्ने योजना बनाएपनि अहिलेसम्म बन्द सत्र नहुदाँ लम्विने हो की भन्ने आशंका उब्जेको छ । तर एमाले महाविधेशनमा घोषणा गर्ने नामको सुची तयार भएको भन्दै साँझ ७ बजे सुरु हने बन्द सत्रले नेतृत्व टुंग्याउदै समापन हुने दावी गरिएको छ ।

 

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...