पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा जारी यू–१८ वल्र्ड र्याकिङ टेनिस टुर जे ५ प्रतियोगितामा नेपाली खेलाडीहरु पराजित भएका छन् । बुधबार भएको खेलमा नेपालका नं १ सिडिङ खेलाडीद्वय अभिलाषा विष्ट र आरभ सम्राट हाडा एकल तर्फको खेलमा पराजित भएका हुन् ।
प्रतियोगितामा आशा गरिएका नेपाली खेलाडीले क्वाटरफाइनल प्रवेशका लागि जित निकाल्न सकेनन् । भिलाषा भारतकी भानिष्का मारिया र आरभ भारतकै खेलाडी हितेश चौहानसंग पराजित हुदै क्वाटरफाइनल प्रवेश गर्न पाएनन् । अभिलाषा आफनो खेलमा ६–३, ५–७ अंकले पराजित भइन ।
यता ब्वाइज एकलतर्फ नेपालका एक मात्र खेलाडी आरभ र भारतिय खेलाडी हितेशको निकै प्रतिष्पर्धा देखियो । करिव दुई घन्टा चलेको खेलमा आरभले पहिलो सेट ६–२ र दोश्रो सेट ६–३ अंकले गुमाए । यस्तै गल्र्सतर्फको अर्को एक खेलमा भने नेपालकी सलोनी तामाङले क्वाटरफाइनलको यात्रा तय गरेकी छन् । सलोनीले भारतकी सेहीनी सञ्जय मोहन्ती संग टाइव्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भइन । पहिलो सेट ३–६ ले गुमाएकी सलोनीले दोश्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन भने अन्तिम सेट ७–५ अंकले जितिन् ।
गल्र्सतर्फ नै नेपालकी आद्या पौडेल भारतकी हाना नागपाल संग पराजित भइन । उनी हाना संग ६–०, ६–१ अंकले पराजित भइन भने अर्की नेपाली खेलाडी प्रकृती श्रेष्ठ भारतकी खेलाडी मेहेर मिश्र संग ६–३, ७–५ ले हार व्यहोर्न पुगिन । नेपालकी अर्की एक खेलाडी सर्वाणी श्रेष्ठले भारतकी शुखमनी भण्डारी सँग टाइ व्रेकरमा आफ्नो खेल गुमाइन । पहिलो सेट ६–४ ले गुमाएकी सर्वार्णीले दोश्रो सेटमा खेलमा फर्किदै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेश्रो सेट ६–१ ले गुमाउन पुगिन ।
ब्वाइज एकलतर्फ भारतकी श्रीनिधी रेड्डी, नियाती कुक्रेती, तानुश्री पाण्डेले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलको यात्रा तय गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले पोखरा स्पोर्टलाई बताए । यस्तै ब्वाइजतर्फ प्रतियोगितामा आकर्षक मानिएका रसियन खेलाडी मात्वे ग्रेसनर पराजित भएका छन् । उनी भारतका दक्ष प्रसाद संग टाइव्रेकरमा ६–४, २–६ र ६–४ ले पराजित भए ।