पोखरामा जारी वल्ट टेनिसमा नेपाली खेलाडी सेमीफाइनलमा

पोखरा, मंसिर १६ गते । पोखरा रंगशालामा जारी ‘यू–१८ वल्र्ड ‍र्याङ्किङ टेनिस टुर जे–५’अन्तर्गत बिहिबारको खेलमा नेपाली खेलाडीहरुले जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका छन् । समुहगत खेलमा नेपाली खेलाडीले जित निकाल्दै सेमीफाइनलको बाटो तय गरेका हुन् । क्वाटरफाइनलमा पुरुष तर्फको खेलमा आरभ विक्रम हाडा र अर्यान गिरीको जोडी र महिला तर्फ अभिलाषा विष्ट र सलोनी तामाङ, प्रतिक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाईमा संघर्षपूर्ण किठिनपूर्ण जित निकाल्दै सेमीफाइनल यात्रा पक्का गरेका हुन् ।

नेपाली जोडी आरभ र अर्यानले भारतिय जोडी निखिल मित्तल र अनर्व यादव विरुद्धको खेलमा दुवै सेट १–१ को बरावरी खेल्दै खेललाई सुपरटाइमा धकेलेका थिए । पहिलो सेट ४–६ ले गुमाएका आरभ र अर्यानले दोश्रो सेटमा भने संघर्षपूर्ण जित आत्मसाथ गरे । दोश्रो सेट ७–६ ९–४ मा हावी हुँदै खेलमा फर्किएका आरभ र अर्यानले अन्तिम सेट सुपरटाइमा १०–५ ले जित्दै सेमीफाइनलको यात्रा सहज बनाए ।

आरभ र अर्यानले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमीफाइनलमा भारतिय जोडी कविर चावरिया र दक्ष प्रसाद संग प्रतिस्पर्धा गर्ने छन् । इजारयली जोडी हालेल आशुष र अलेक्जण्डर नोडललाई ६–४, ३–६ र १०–५ ले खेल जितेका थिए ।

यता महिला तर्फको खेलमा नेपाली खेलाडी जोडी अभिलाषा र सलोनी तामाङको खेल समेत उस्तै कष्ठपूर्ण रह्यो । भारतिय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्ती संग पहिलो सेट १–६ ले गुमाएका उनीहरुले दोश्रो सेटमा कम व्याक गर्दै ६–३ ले जित्दै बरावरी खेले । सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० ले जित्दै सेमीफाइनलको यात्रा तय गरे । उनीहरुले सेमीफाइनलमा भारतिय खेलाडी दिभा भाटिया र मेहर मिश्रा संग खेल्ने छन् । दिभा र मेहरले अमेरिकी र भारतिय खेलाडी सम्मिलित जोडी समिक्षा आनिम र रिषिता रेड्डीलाई सुपरटाइमा ५–७, ७–५ र १०–३ ले जितेका जित हात पारे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...