पोखरा, मसिर १७ गते । मादी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाँउपालिकास्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि ध्रुव मा वि तारकाङले जितेको छ भने उपविजेता सीतारामा मा वि याङ्जाकोट भएको छ ।
त्यस्तै छात्रा तर्फको खेलमा राष्ट्रज्योती मा वि विजेता र दुधपोखरी मा.वि उपविजेता भएको छ । भलिवल खेलका विजेता र उपविजेता टिमले नगद २५ हजार, टफि, मेडल र प्रमाणपत्र प्रापत गरे भने उपविजेताले १५ हजार, टफि, मेडल प्राप्ता जिते ।
यता मादी गाउँपालिकाको स्थानीय खेलको रुपमा समेत रहेको खुल्ला ठेलो प्रतियोगितामा छात्रा तर्फ प्रथम सृजना तामाङ भइन । उनी राष्ट्र ज्योती मा.वि. सैमराङबाट सहभागी भएकी थिईन । उनले प्रथम हुदै पुरस्कार स्वरुप ५ हजार र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो स्थान जनकल्याण म.वि. मकैखोलाकी इशा गुरुङ भइन । उनले ३ हजार र प्रमाणपत्र प्राप्त गरिने भने सिताराम मा.वि. यांजाकोटकी सुस्मिता परियार तेश्रो हुदै २ हजार र प्रमाणपत्र जितिन ।
छात्र तर्फको ठेलो प्रतियोगितामा ध्रुव मा.वि. तारकाङ मिलन वि.क. प्रथम, दोस्रो जनकल्याण मा.वि. मकैखोलाका साजन राना र तेश्रो हिमालय मा.वि ताङ्तिङ तेस्रो मनोज मगर भए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ः ५ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरे । विजेता खेलाडीहरुलाई मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष विष्णु माया आचार्य पौडेल र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले गरेकी थिइन ।