बा¥हबिसे कपको सेमिफाईनल समिकरण पुरा

रत्न, नविन, प्रफुल र दीपेश सेमिफाईनलमा
सिन्धुपाल्चोकको बा¥हबिसेमा जारी बा¥हबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।


रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रफुल महर्जनसंगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२, २१–१५ को जित निकाले । नविनले अव फाईनल प्रवेशका लाग एपिएफका दिपेश धामी संग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका बिष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । अव यस जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी संग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र न्यौपानेको जोडीले साईनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

 

यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन् । सो जोडीले एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाईनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसंग प्रतिस्र्धा गर्ने भएका छन् । डङ्गोल र महर्जनको जोडीले बा¥हबिसेका अभिषेक गुरुङ्ग र त्रिपुरासुन्दरीका आषिश तामाङ्गको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

सिल्क ग्रुपको प्रायोजन, बा¥हबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकल तर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । अव अमिताले फाईनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन् । अर्को खेलमा सेनाकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाईनलमा सेनाकै अनुमाया राई संगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाईन पुगेकी हुन् ।

प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल भोली शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जाकारी गराएका छन् ।५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...