ढोरपाटनको पूर्वाधार विकासका लागि आरक्षको छुट्टै नियम नहुदाँ गाह्रो भयो

पोखरा, मंसिर २० गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा ढोरपाटन क्षेत्रको समृद्धिको आधार र सञ्चारको भूमिका विषयमा अन्र्तक्रिया गरिएको थियो ।


ढोरपाटन नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाका मेयर देवकुमार नेपालीले ढोरपाटनमा पर्यटनको प्रचुर सम्भावना भएपनिविविध कारणले पछि परेको बताए । पछिल्लो २ वर्ष कोरोनाले झनै विथालेको उनले सुनाए । यो अवस्थामा मिडियाको अहमभूमिका रहने उनको भनाइ थियो । ढोरपाटन क्षेत्रमा पूर्वाधार विकास गर्न खोजेपनि आरक्षको छुट्टै नियम र परिधिले गाह्रो बनाएको उनको बताए । नगरपालिकाले बिकासकालागि शिक्षा, स्वास्थ्य, सुरक्षा, जलविद्युत लगायत क्षेत्रमा विस्तारै कामगरिरहेको छ । बजेट अभावका कारण सबै काम संभव नभएपनि सुरुवात गरेको मेयर नेपाली बताउँछन् । ढोरपाटनको प्रसारप्रसार र विकासकालागि आफू सधैं सकरात्मक रहेको उनले बताए । ‘हामीले ढोरपाटनमा पूर्वाधार बनाउने भनेका छौं, आरक्षको छुट्टै कानुन हुने रहेछ त्यसले साह्रै गाह्रो बनाएको छ,’ उनले भने, ‘आरक्षको नियमले गर्दा हाईअल्टिच्युट ग्राउण्ड र ८ सय २८ मेघावाटको जलविद्युतको कामहुन सकेको छैन् ।’

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका उपमेयर करमती पुनले मिडियाले गाउँपर्यटनमा टेवा पु¥याएको बताउदै ढोरपाटनको पर्यटन प्रवद्र्धनमापनि टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । आगामी दिनमा नगरपालिकाभित्रको पर्यटकिय क्षेत्र प्रचारप्रसारका लागि सधै मिडियासँग सहकार्य गर्न तयार रहेको उनले बताईन् । नगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत डिल्लीराम भट्टराईले प्रचारप्रसारका लागिकुनै पनि सुचना प्रभाव गर्न कन्ज्युसाई नगर्ने बताए ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष चित्रबहादुर भण्डारीले दुई तिन पुस्ता अघि देखिको आरक्ष क्षेत्र सञ्चार क्षेत्रको उपस्थिती कमहुँदा ओझेलमा परेको बताए । उनले देशको कार्यपालिका, न्यापालिका, व्यवस्थापिकासँगै चौथौं अंग पत्रकारिता सँगसँगै नभए विकाश सम्भव नहुने तर्क राखे ।

 

फोनिज गण्डकीका उपाध्यक्ष िदलशिरिष,पत्रकार महासंघ बागलुङका सचिवबिजय राना, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य राम सुवेदी, फोनिज बागलुङका अध्यक्ष संगम घर्ती मगर लगायतले ढोरपाटन क्षेत्रको जतीप्रचार हुनुपर्ने हो त्यतिहुन नसकेको भनाई राखेका थिए । फोनिज गण्डकीका अध्यक्ष एमबि आस्थाको अध्यक्षतमा भएको कार्यक्रम सञ्चालन महासचिव रुद्र शिरिष मगरले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...