पोखरा, मंसिर २२ गते । पोखरा २२ स्थित उल्लेरी युवा क्लवको आयोजनामा बुधबारदेखि उल्लेरी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गरेका छन् । मन्त्री बरालले पर्यटनको धेरै सम्भावना भएको पुम्दी भुम्दीलाई पर्यटनको हबको रुपमा विकास गर्नुपर्ने बताए ।
त्यस्तै मंगलबार देखि सुरु भएको प्रथम सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक टिम उल्लेरी युवा क्लवले विजयी सुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम उल्लेरीले छिमेकी क्लव स्याङजाको पर्सेभाटी स्थित सिंहमति युवा क्लवलाई १–० को झिनो गोल अन्तरले पराजित गरेको हो ।
उल्लेरीको जितमा सन्देश रानापालले निर्णायक गोल गरे । यही मंसिर २५ गतेसम्म चल्ने प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।