आइटिएफ वल्र्ड टेनिसमा सेमिफाइनल समिकरण पुरा (फोटो फिचर)

पोखरा, मंसिर २३ गते । पोखरामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत बिहिबार सेमिफाइनल समिकरण पुरा भएको छ । बिहिबार भएका खेलमा नेपाली खेलाडीहरुले सेमिफाइनल यात्रा तय गरेका छन् ।

पोखरा रंगशाला स्थित टेनिस कम्लेक्समा भएको खेलमा जुनियरतर्फ नेपालकी नं १ वरियता खेलाडी अभिलाषा विष्ट, नं ३ वरियता खेलाडी सलोनी तामाङ र अर्की ५ औं वरियाताकी सर्भानी श्रेष्ठ सेमीफाइनल प्रवेश गरेका छन् ।

अभिलाषाले नेपालकै शुभाङ्गी लक्ष्मी शाहलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का गरिन । सेमीफाइनलमा सर्भानी श्रेष्ठसंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । सर्भानीले भारतकी छैटौं वरियाताकी सौमरिता जगत देउ बर्मालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गदै सेमिफाइनल प्रवेश गरेकी हुन् ।

 

त्यस्तै सलोनीले भारतकी शुखमनी भण्डारीलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै भारतकी दोश्रो वरियातकी रिया दुगडसँग सेमीफाइन भेट पक्का गरिन ।

त्यस्तै महिला तर्फ हङ्गेरीकी लोरेन्ट ग्योरी, यूएसएकी मिथ्री व्यारोट, भारतकी रिया दुगडका खेलाडी सेमीफाइनलमा प्रवेश गरेका छन् । यस्तै ब्वाइजतर्फ नेपालका छैटौं वरियाताका अर्यान गिरी अमेरिकाका तेश्रो वरियताका शिद्धार्थ लामासँग पराजित भए । नेपालका अर्यानले शिदार्थ संग ६–१, ६–३ को सोझो सेटमा पराजित भए ।

सिद्धार्थले सेमीफाइनलमा स्विडेनका आठौं वरियाताका इमिलियो जियलकोस्कीसंग प्रतिस्पर्धा गर्ने छन् । जियोलले नेपालका नं १ वरियताका आरभ सम्राट हाडालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरे ।

त्यस्तै ब्वाइज डवल्सतर्फ भारतिय जोडी कविर छावरिया र दक्ष प्रसादको जोडी सेमीफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले नेपालीरअमेरिकी सम्मिलित खेलाडी अर्यान गिरी र जय दत्तलाई पराजित गरे ।

त्यस्तै अमेरिकी जोडी शिदार्थ लामा र मिथ्रे ब्यारोट समेत सेमीफाइनको प्रवेश गरे । ब्वाइज डवल्समा रसियाका अमिर एसिलकोजेभ र हङ्गेरीका लरेन्ट ग्योरीको जोडी ले सेमीफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिताकै महिला डवल्समा भएको सेमीफाइनलमा भारतिय जोडी नियती कुक्रेती र हाना नागपालको जोडी फाइनलमा प्रवेश गरेको छ । उक्त जोडीले आफ्नै देशको जोडी रिया दुगड र तनुश्री पाण्डे सँग फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...