पोखरामा १८ औ माछापुच्छे« ओपन÷भेट्रान्स टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजमा यहि पुस ११ देखि १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा मेन्स सिंगल्स,डबल, उमेन्स सिंगल्स, डबल तथा ३५, ४५ र ५५ वर्षमाथि मेन्स सिंगल्स डबल्स र ६५ वर्षमाथि मेन्स सिंगल्स गरी ११ इभेन्टमा प्रतिस्प्र्धा हुने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिनुभयो ।
प्रतियोगितामा खुल्ला मेन्स तथा उमेन्स सिंगल्समा विजेताले नगद ८० हजार, उपविजेताले ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गने छन भने सेमिफाइनलिष्टले नगद दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै मेन्स तथा उमेन्स डबल्समा विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिष्टले नगद १० हजार सहित मेडल प्राप्त गर्ने छन् । ३५ वर्षमाथिको सिंगल्स विजेताले नगद ६० हजार, उपविजेताले ३०हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने ३५ वर्ष माथिको डबल्स विजेताले नगद २० हजार, १० हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । ४५ वर्षमाथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनष्टिले १० हजार पुरस्कार स्वरुप प्राप्त गर्ने संघले जनाएको छ ।
यता ५५ वर्षमाथिको सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार सहित ट्रफि प्राप्त गर्दा सेमिफाइनलिष्टले दश हजार प्राप्त गर्ने छन् भने ५५ वर्षमाथिको डबल्सको विजेताले २० हजार र उविजेताले १० हजार तथा सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन् । ६५ वर्षमाथिको सिंगल्स विजेताले १५ हजार तथा उविजेताले १० हजार सहित ट्रफि पुरस्कार स्वरुप प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन चालिसेले बताउनुभयो ।
प्रतियोगितामा नेपालका १४ वर्षमा माथिका खेलाडीहरुले सहभागी हुन पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख खर्च हुने संघका कोषाध्यक्ष अनुजकमाुर बास्तोलाले जानकारी दिनुभयो । प्रतियोगितामा काठमाडौ, भत्तपुर, ललितपुर, फुटबल, चिवतन, कास्की, अमेरिका लगायतका खेलाडीहरुको सहभागीता रहने आयोजकले बताएको छ ।पोखरामा विगत १७ वर्षदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन हुदै आएको छ । विं.स २०७२ को भुकम्प र २०७७ सालमा कोरोना भाइरसका कारण प्रतियोगिता हुननसक्दा १८ औ हुन लागेको अध्यक्ष लोकबहादुर गुरुङले बताउनुभयो ।