छोम्रोङमा बास्केटबल,आयोजकको विजयी सुरुवात

पोखरा ।कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा आज (सोमबार) देखि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित सेन्चुरी मेलामा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबल तर्फ ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट आयोजक टिम ‘ए’ले बिजयी सुरुवात गरेको छ । सेन्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ले ५०–२४ ले पराजित गर्याे । यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’लाई ३४–१३ ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्याे ।

 

तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गर्याे । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोर सहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो । यसैगरि भलिबल तर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’लाई २५–१९ २५–२१ को सोझो सेटमा पराजिगत गर्याे । यसैगरी दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’लाई २९–३१, २५–१२ २५–१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्याे ।

मेलाको तेस्रो दिन मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागि छन् । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...