दिक्षा तामाङ्ग र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

नेपाल एपिएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् ।दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।


युथ अफ तुलसीपुर, दाङ्गको आयोजना भएको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधी हात पारे । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले नगद २० हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपिएफका संयोगक कपालीले नगद १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

पौष १६ देखि १८ गते सम्म संचालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपिएफलाई ३–२ को जित निकाल्दै उपाधी उचालेको हो । बिजयी सेनाले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिम एपिएफले नगद २० हजार र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार प्राप्त गरे ।

 

पुरुष टिम तर्फ पुलिस पहिलो, सेना दोश्रो र एपिएफ तेश्रो भए । पुलिसले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । सेनाले ट्रफी मेडल र प्रमाण पत्रका साथ नगद २० हजार र तेश्रो स्थानमा रहेको एपिएफले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको एपिएफका प्रशिक्षक राजेन्द्र बहादुर दुलालले दाङ्गबाट जानकारी गराए ।बिजयी खेलाडीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नेपाली काँग्रेस खेलकुद विभाग सदस्य बृजेन्द्र हमालको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...