एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जिल्ला अधिवेशन आज हुदैछ । देशभरका ७७ वटै जिल्ला अधिवेशन एकैसाथ आज सुरु हुने भएको हो । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने एमलोले जनाएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नुहुनेछ । यसअघि एमालेले देशभर एकैदिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गर्नुभएको थियो ।

 

 

यसैगरी, कास्कीको जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । कास्की जिल्ला अधिवेशनको उद्घाटन पोखरा सभागृहमा हुदै छ । एमलो कास्की जिल्ला अधिवेशनमा ९१४ जना प्रतिनिधि सहभागी हुदैछन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...