काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।
टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।
उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा लुम्बिनीका अनिल खरेल उत्कृष्ट बलर, पुलिसका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान, एपिएफका आशिफ शेख सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा सर्र्वाेत्कृष्ट खेलाडीले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि एकदिवसीय ढाँचामा सञ्चालन हुन्दै आएको प्रधानमन्त्री कप पहिलो पटक टी–२० ढाँचामा खेलाईएको हो ।
क्यानले ओमानमा आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गरेर टी–२० ढाँचामा प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सात प्रदश र तीन विभागीइ टोलीसहित १० टोलीको सहभागिता रहेको थियो ।