पोखरामा श्रीकृष्ण ज्वेलरीज संचालन

पोखरा /आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा उक्त पसल हालै संचालनमा ल्याएका हुन्।

विगत २६ बर्ष देखि सुन चाँदी व्यवसायीमा जोडिएका घिमिरे १३ बर्ष अर्कोको पसलमा सेल्समेनको रुपमा काम गरेको अनुभव सम्हाले घिमिरे १२ बर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल संचालन गरे पनि अब आफ्नो ढंगले व्यवसाय संचालन गर्ने उद्धेश्यले हाल उक्त पसल संचालन गरेका हुन्। लामो समय कामको अनुभव, आफ्ना साथे भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक घिमिरेले जनाए ।

 

आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१÷२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी प्रदिप घिमिरेले बताए । प्रत्यक्ष रुपमा हाल ८ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब १५ जना आबद्ध भएको उनले जनाए । उक्त पसल सचालन गर्दा हाल करिब एक करोड ५० लाख रुपैया लगानी भएको ज्वेलरीजले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...