पोखरा, माघ १६ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन् । गए राति पोखरा महानगरपालिका–३०, पावरहाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा काठमाडौंबाट हाइसमा पोखरा आउँदै गरेका सुनारलाई लुकाएर ल्याएको सुनसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।