पोेखरा–८, सिमलचौरस्थित जनप्रिय माविबाट २०४९ सालमा एसएलसी परिक्षा दिएका भूपू विद्यार्थीहरुको भेटघाट तथा पुर्नमिलन कार्यक्रम भएको छ । शनिवार भएको भेटघाटका क्रममा भूपू विद्यार्थीहरुले विद्यालय कालका अविस्मरणिय क्षणहरु आपसमा साटे । लामो समयपछिको भेटका क्रममा केहि साथीहरुले एकले अर्कालाई राम्रोसंग चिन्न पनि हम्मे हम्मे परेको थियो । सोही अवसरमा उनीहरुले वर्तमानमा आफु आवद्ध संस्था, रोगजार तथा वर्तमानका बारेमा चर्चा गरे ।
त्यसो त २९ वर्ष पछिको पुर्नमिलनको संयोग सामाजिक सञ्जालमार्फत सम्भव भएको हो । सामाजिक सञ्जालमार्फत पुराना साथीहरुको पुर्नमिलनमा भूमिंका निर्वाह गर्ने चन्द्र गिरी, चन्द्रकिशोर ज्ञवाली, चन्द्रविलास भूर्तेल लगायतका साथीहरुलाई कार्यक्रममा उपस्थित भएकाहरुले धन्यवाद ज्ञापन गरे । आफुहरु संस्थागत ढंगबाटै समाज उत्थानका लागि सामाजिक कार्यमा क्रियाशिल बन्नुपर्ने भेलाले निचोड निकालेको छ ।
समुहलाई क्रियाशिलता प्रदान गर्नका लागि केशवबहादुर थापा र गंगा थापालाई संयोजनकारी भूमिंकाको जिम्मा समेत प्रदान गरेको छ । भेलाले अर्को भेट फागुण १४ का लागि तय गर्दै सो मितिमा उपस्थित हुन सम्भव भएका सम्पूर्ण साथीहरुलाई आव्हान गरेको छ । उनीहरुले आफु पढेको विद्यालयको शैक्षिक विकासमा सक्दो सहयोग पु¥याउने प्रतिवद्धता समेत गरे । भेलामा पोखराका मनोज अधिकारी, जमुना गुरुङ्ग, सरस्वती गुरुङ्ग, मनोज रानाभाट, रुद्रप्रसाद पराजुली, हेमन्त कार्की, मुना राना र लक्ष्मी खड्का सहभागि थिए ।