एमसीसीमा सहमती जुटाउन सत्ता गठबन्धनको बैठक

पोखरा, फागुन ८ गते ।एमसीसीमा सत्ता गठबन्धन दलहरुवीच सहमती जुटन सकेको छैन् । सहमती जुटाउन आजपनि सत्तासीन दलहरुको बैठक बस्दै छ । जनस्तरबाट एमसीसी पारित गर्न नहुने आवाज उठिरहेको छ तर काँग्रेस पारित गर्नुपर्ने अडानमा छ भने माओबादी केन्द्र र एकिकृत समाजबादी ससोधन सहित पारित गर्नुपर्ने अडानम छन । यता प्रमुख प्रतिपक्ष दल सत्ता गठबन्धनको निर्णय पर्खिरहेको छ ।

 
एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो ।संसद बैठक दिउँसो १ बजे बस्दैछ । सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

 

नेकपा एसलेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो बनेको अनुमान गरिएको छ ।

आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध गदै आएको छ । आज पनि उसले सदन अवरोध गर्ने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...