स्व. मेनकाजी स्मृतिकोषमा   २ लाख १४ हजार सहयोग

पोखरा, फागुन/सबैको प्रिय, वरिष्ठ लोक संस्कृतिकर्मी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष स्वर्गीय मेनकाजी गुरुङको स्मृतिका लागि अक्ष्यकोष स्थापनार्थ अमेरिकाबाट २ लाख १४ हजार १४० रुपैयाँ सहयोग प्राप्त भएको छ ।


स्वर्गीय गुरुङको चीरकाल स्मृतिका लागि हिमाली साँस्कृतिक परिवारले अक्षयकोष स्थापनाका लागि संचालित अभियान अन्तर्गत अमेरिकामा संकलित रकम अभियन्ता सोम गुरुङले कोषका संयोजक रुद्रकुमारी गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

 

अभियानका अमेरिका संयोजक गुरुङले संकलित रकम हस्तान्तरण गर्नु हुँदै वरिष्ठ लोक सँस्कृतिकर्मीको स्वर्गारोहणले मुलुकले साँस्कृतिक धरोहर गुमाएको बताउनु भयो ।संकलित रकम ग्रहण गर्दै कोषका अध्यक्ष रुद्रकुमारी गुरुङ सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...