पोखरा, फागुन १७ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यले कुनै एक धर्मलाई मात्र प्रथामिकता दिन नहुने बताउदै राज्यले सवै धर्मलाई समान रुपले हेर्नुपर्ने बताउनु भयो । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित पुरानो मैदानमा मंगलबार समाज सेवा यूवा परिवारको शिवरात्रि पर्वको अवसरमा आयोजित खुल्ला शिव भजन प्रतियोगिता तथा भवन शिलन्यास कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले नेपालमा हिन्दु धर्मलाई नै प्रथामिकता दिनुपर्ने र नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने आफ्नो धारण राखेसंगै मन्त्री बरालले जनप्रतिनिधिले कहिले पनि यस्तो एउटा धर्मलाई मात्र प्रथामिकता दिन नहुने भन्दै टिप्पर्ढी गर्नु भएको थियो । सवै नागरिकहरुको लागि सिप पुराउनु पर्छ भन्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको बिषेश पहलमा प्राबिधिक बिद्यालय स्थापना भएको बताउदै मन्त्री बरालले अन्नपूर्णमा हाल दुई वटा सडक बाटो, अधेरीखोलामा झोलुङगे पुल, वहुउदेश्यीय भवन निर्माणमा समेत सहयोग गर्ने बताउनु भएको हो ।
हसेंश्वर पशुपतिनाथ शिवालय मन्दिर व्यबस्थापन समितिको आयोजनामा करिब ५५ लाखको लागतमा उक्त भवन निर्माण हुने भएको आर्थिक संयोजक भेषराज पौडेलले बताउनु भयो । २०७६ सालमा आयोजित महायज्ञबाट करिब १ करोड २९ लाख २१ हजार १ सय ४७ रुपैया संकलन भएको आर्थिक समितिका एक सदस्य मदन प्रसाद पौडेलले बताउनु भयो । भतेरे परिवारबाट ५ लाख ६० हजार, डहरमुनि परिवारबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैया महायज्ञमा सहयोग प्राप्त भएको परिवारले जनाएको छ । उक्त बहुउद्धेश्यीय भवन निर्माण भएसंगै साविक ढिकुरपोखरीका स्थानियहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएको स्थानियले बताउनु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले पाउदुरको शिवालय मन्दिर पुरानो ऐतिहासिक मन्दिर भएकोले यसको विकास गर्न सके धार्मिक पर्यटन प्रबद्र्धन गर्न सकिने विश्वास व्यत्त m गर्नू भयो । हाम्रो धर्म र संस्कृती पूर्वीय संस्कृति भएको दाबी गर्दै उहाँले धर्मको निम्त्ति एक हुनुपर्ने नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गर्नू भयो ।
परिवारको नारायण पौडेल नयनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका द्धितीय उपाध्यक्ष शिव प्रसाद पौडेल, संस्थापक सदस्य टेक बहादुर क्षत्री लगायतले वोल्नु भएको थियो । उक्त अवसरमा हाम्रो मैदान गाँउ गीत तथा पाउँदुर शिवालय एवं सनातन संस्कृतिभित्रको विज्ञान नामक पुस्तकको समेत मन्त्री बरालले विमोचन गर्नु भएको थियो । तीर्थराज पौडेलले उक्त पुस्तक लेख्नु भएको हो ।भजन प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।