नेपाली काग्रेस वैदाम ६को प्रजातान्त्रिक सम्बाद यात्रा

पोखरा, फागुन २३ । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा समिति ६ बैदामले “प्रजातान्त्रिक सम्बाद यात्रा” कार्यक्रम आइतबार सम्पन्न गरेको छ । नेपाली काग्रेसमा लागेर नेपालमा प्रजातन्त्र ल्याउन गरेका त्याग, तपश्या र योगदान बारेमा सर्वसाधरण लाईु जानकारी दिने उद्ेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

बैदाम क्षेत्रमा रहेर प्रजातन्त्रको बारेमा “प्रजातान्त्रिक सम्बाद यात्रा” मार्फत प्रजातन्त्रका सेनानीहरुले इतिहासमा भोगेका घटना क्रमहरुलाई नयाँ पुस्ताहरुमा शिक्षा मिलोस भन्ने उद्ेश्यका साथ नेपाली कागे्रसको बारे बुझौ, लेखौं र पढायौ भन्ने भावनाले कार्यक्रमको सुभारभ्भ गरिएको इकाई सभापति सन्तोष पौडेलले बताए । सम्बाद यात्राको पहिलो संस्करणमा ८८ बर्षिय होमबहादुर लामिछानेको बारेमा इतिहास बुझ्ने र बुझाने पात्रको रुपमा रहेका सचिब प्रकाश न्यौपाने बताए ।

 

प्रजातान्त्रिक सम्बाद यात्राको रुपमा प्रजातन्त्र सेनानी होमबहादुर लामिछाने नेपाली काग्रेसममा लागेर आफुले ब्यक्तिगत हित लाई पछि राख्दै सधै देश र जनाताका लागि खटिने एक अविचलित योद्दाको रुपमा रहेको बताए । २००६ साल बाट नेपाली काग्रेसमा प्रवेश गरि नेपाली काङ्ग्रेस प्रति आम कार्यकर्ताको पुनर्जागरण गराउन महत्त्वपूर्ण भुमिका खेल्दै आएको सुनाए । तिन पटक वडा अध्यक्ष भएको र वडाको विकासको लागि आफुले महत्वपूर्ण भुमिका रहेको जानकारी दिए । जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने गरेको र कुशलतापूर्वक नेतृत्व गरेर वडालाई पुनर्जीवन दिएको स्मरणसमेत गरे । आगामी दिनमा साथीहरुको बिचमा रहेर देश र जनताको सेवा गर्ने गरि सक्रिय रहने धारणा उहाँको रहेको छ ।

 

पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले जीवन भरी निस्ठा,मूल्य मान्यता र इमान्दारिताको राजनिती गर्दै आउनुभएको लामिछाने ले आफ्नो सम्पुर्ण उर्जाशिल समय नेपाली काङ्ग्रेसकै हितमा समर्पित गर्नुभएको बताए ।सल्लाहकार निलकण्ठ शर्माले “लामिछाने मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेताको रुपमा हुनुहुन्छ”, उनले भने । नेपाली कांग्रेस मात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता लामिछानेमा रहेको उनको भनाइ थियो ।

 

नेपाली कागे्रस सुवर्ण सम्सेर टोलका सभापति विकास लामिछानेको सभाअध्यक्षतामा भएकोमा कार्यक्रम संयोजक मुना कोइराला पहारी ,पूर्व सभापतिहरु लक्ष्मी बहादुर भट्टराई, नेत्रपाणी न्यौपाने, दिपकबिर कुवँर, प्रदेश प्रतिनिधि पबित्रा थापा सदस्य बुद्धिनाथ अधिकारी सन्देश दाहाल लगाएतकाले होमबहादुर लामिछानेले नेपाली काग्रेस प्रति गरेको योगदानको बारेमा आफ्ना भनाई राखेको थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...