संवैधानिक आयोगहरु छिटो गठन गर्न मन्त्री बरालको माग

पोखरा, फागुन २४ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संवैधानिक आयोगहरु गठन गर्नुुपर्ने बताउनु भएको छ । ११२ औं अन्तराष्ट्यि श्रमिक महिला दीवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको समाजबाद र महिला मुक्ति बिषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

संवैधानिक महिला, दलित लगायतका आयोगहरु गठन गर्न ढिलाई भएकोमा गुनासो गर्दै मन्त्री बरालले उक्त आयोग गठन गर्न दबाब आवश्यक भएको जनाउनु भयो । महिला दिवस मनाई रहदा अझै पनि महिलाहरुका हक अधिकार सुरक्षिता हुन नसकेको उहाँको भनाई थियो । समाजमा सिप अनुसारको रोजगारको सुनिश्चित गर्ने समाजबादको मुल मर्म रहेको मन्त्री बरालले बताउनु भयो । आत्मनिर्भर बन्दै राष्ट्यि पूंजि निर्माणमा योगदान पुराउन सके जीवनस्तर उकास्न सकिने मन्त्री बरालले दाबी गर्नु भयो । सामाजिक न्याय सहितको समृद्धि देशमा आवश्यक भएको उहाँले बताउनु भयो । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले माओबादीलाई हाल देशमा मात्र नभई विदेशबाट समेत घेराबन्दी भएको जनाउनु भयो ।

 

संघ कास्कीका संयोजक कल्पना पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु, संविधान सभा सदस्य तेज कुमारी पौडेल, माओबादी केन्द्र गण्डकी प्रदेशका सदस्य भिम बहादुर बि.क.(क्षितिज), संघकी केन्द्रिय सचिवालय सदस्य निर्मल सुवेदी(क्रान्ति), संघका केन्द्रिय सदस्य सिता खड्का, माओबादी केन्द्र पोखरा महानगरपालिकाका अध्यक्ष कृष्ण गिरी(विज्ञान) लगायतले महिलाहरुको हक अधिकार अझै सुरक्षित नभएकोले सवै एक भई अघि बढ्नुपर्ने अबस्था रहेकोमा जोड दिनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...