चिनियाँ विदेशमन्त्रीको फोनवार्ता

७ चैत : चिनियाँ विदेशमन्त्री वाङ यीले अल्जेरिया र तान्जानियाका विदेशमन्त्रीसँग फोनवार्ता गर्नुभएको छ ।उहाँले आइतबार अल्जेरियन विदेशमन्त्री रामताने लामरा र तान्जानियाका विदेशमन्त्री लिबर्ता मुलामासँग फोनवार्ता गर्नुभएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको जानकारीअनुसार उहाँले ती दुई देशका विदेशमन्त्रीहरुसँग गर्नुभएको भेटवार्तामा चीन र ती दुई देशबीचको सम्बन्धका साथै आपसी हितका बारेमा कुराकानी गर्नुभएको थियो ।
साथै ती फोनवार्ताहरुमा उहाँले रुस र युक्रेनका बीचमा हालै सुरु भएको युद्धका बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री यीले अल्जेरिया र तान्जानियालाई आपसी हितको विकास गर्दै दुई देशका बीचमा आर्थिक लगानीका सम्भावनाहरुका बारेमा कुराकानी गर्नुभएको बताइएको छ ।ती दुई देशका विदेशमन्त्रीसँग उहाँले आर्थिक लगानी, यसका सम्भावनाहरुका साथै दुवै देशकाबीचमा आपसी हितको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...