युवा संघ पोखरा २ को अध्यक्षमा बिनम

पोखरा, चैत ८ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनसंगठन राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्वर २ को तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

पार्टी प्रदेश कमिटी सदस्य शुशिला पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जि सी, सचिव नवराज के सी, पोखरा महानगर कमिटी सदस्य द्वय सरिता सुवेदी र हुमा क्षेत्री, वडा कमिटी अध्यक्ष दिपक शाह र राष्ट्रिय युवा संघ नेपाल पोखरा ७ का अध्यक्ष कुमार भण्डारीले अवको स्थानीय चुनावमा रहेर आफ्नो संगठन विस्तार गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । अधिवेशन आशिष पराजुलीको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष धर्मराज सुवेदीले स्वागत गर्नुभएको थियो ।अधिवेशनले बिनम पुनको नेतृत्वमा २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

 

उपाध्यक्ष आशिष पराजुली, सचिव विधान विक्रम राणा, उपसचिवद्वय सुमन सुवेदी र आयुष सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण पौडेल, विविध गुरुङ्ग, अन्तिम वि क, कृष्ण कुवर, प्रीया सुवेदी, बिक्रम ढकाल, रोशन गुरुङ्ग, गणेश पौडेल, आशिष गुरुङ्ग रहेका छन । उनीहरुलाई युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले सपथ ग्रहण गराए ।

 

कार्यक्रमको संयोजक तथा कार्यक्रम सञ्चालन पार्टी वडा कमिटी सचिव जनार्दन सुवेदीले गरेका थिए । तत्काल युथ फोर्स र अनेरास्ववियु पनि गठन गरि कमिटी चलायमान बनाउदै अवको स्थानीय चुनावमा होमिनका लागि तयार रहेको पनि जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...