लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीले पोखरा -२ मा रहेको श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय बरपाटनलाई माइक तथा स्पिकर/स्ट्याण्ड एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष भुमि जङ्ग के सी को अध्यक्षतामा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक ३२५ बी१ का सिपुटी चियर एडभाइजर एकनारायण शर्मा तथा विशेष अतिथिमा यस वडाका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक बसन्तराज पाण्डे र जोन चियर पर्सन डासिराम सापकोटा संगै क्लबका यमजेयफ केशवराज रेग्मी, तृतीय उपाध्यक्ष जनार्दन सुवेदी तथा शिक्षकहरु विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको संयोजक पनि रहनु भएका यसै विद्यालयका पूर्व विद्यार्थी तथा क्लबका द्वितीय उपाध्यक्ष जनार्दन सुवेदीले आफूले यस विद्यालयलाई सदैव माया गरिरहने जानकारी संगै यस स्कुलमा आफूले १२ बर्ष सम्म वितायका पलहरुको स्मरण गर्नुभयो । जहाँ समस्या त्यहा लायन्स भन्ने कुरालाई मनन गर्दै सेवा गर्ने हातहरु अगाडि बढ्दै जानुपर्ने कुरा प्रमुख अतिथिले राख्नु भयो भने विद्यालयका प्रध्यानाध्यापकले पूर्व विद्यार्थीहरुले यस स्कूललाई माया गरिरहनु पर्ने कुरामा जोड दिनुभयो भने हाम्रो यस आवश्यकतालाई पूरा गरेकोमा क्लब तथा संयोजकलाई धन्यवाद दिनु भयो । कार्यक्रम संचालन क्लब सचिव महेशकुमार सिग्देलले गर्नुभयो ।