खेलकुद महासंघ गण्डकीको अधिवेशनको चैत १९ गते, तयारी तिव्र

पोखरा, चैत १७ गते ।नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अधिवेशको तयारी पुरा भएको छ । महासंघ गण्डकीले बुधबार पोखरामा पत्रकार भेटघाट मार्फत अधिवेशनको तयारी बारे जानकारी दिदै संयोजक विष्णु पुनले तयारी तिव्र पारिएको बताए । अधिवेशनका लागि गण्डकी प्रदेशका ११ जिल्लामै प्रतिनिधि छनोटको काम भैरहेको उनले जनकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहित तीन जना प्रतिनिधि छनोट हुने उनले बताए । अधिवेशनमा प्रतिनिधि सहित झण्डै दुई जनाको सहभागीता रहने बताइएको छ ।

अधिवेशनमा एमाले नेता गोकुल बास्कोटा, खेलकुद महासंघका संयोजक परशुराम बस्नेत, नेता खगराज अधिकारी लगायतले अधिवेशनको उद्घाटनमा सम्वोधन गर्ने छन् । जिल्लाहरुबाट प्रतिनिधि छनोट गरी सिफारिस गर्न जिम्मेवारी तोकेको छ । कास्कीमा विष्णु पुन, स्यांजामा दिपेन्द्र पौडेल, नवलपुरमा सैतबहादुर पुन, तनहुँमा विरवहादुर लामा, जमजुंगमा सुर्य गुरुंग, गोरखामा दिपक अधिकारी, मनांगमा पलसां गुरुग, मुस्तांगमा सोनाम फुर्या गुरुंग र पर्वतमा बालकुमार क्षेत्रीलाई जिम्मेवारी तोेकेको छ ।

 

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा बैशाख ५ गतेभित्र अधिवेशन गर्ने गरी तयारी गरिएको पनि खेलकुद महासंघ गण्डकी अध्यक्ष विष्णु पुनले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्लाको अधिवेशनको मिति तोकिएको छ । चैत २५ गते गोरखा, चैत २६ गते पर्वत, २७ गते बाग्लुग, २८ गते म्यादी, २९ गते नवलपुर, बैशाख १ गते स्यांजा, बैशाख ३ गते कास्की, ४ गते तनहुँ र बैशाख ५ गते लमजुंगको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका निर्धारण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...