खेलकुद पत्रकार मञ्च गण्डकीको सपथ ग्रहण तथा पदस्थापन

पोखरा, चैत १८ गते ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक सरीता पगेनी तिमिल्सिनाले नवनिर्वाचित समितिलाई सपथ खुवाउनु भयो भने गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश मार्मिलामन्त्री विन्दुकुमार थापाले पदस्थापन गराउदै प्रमाणपत्र, माला लगाएर बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रमा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेश खेलकुदको सम्भवाना बोकेको प्रदेश भएकाले यहाँको खेलकुदको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद पत्रकार मञ्चलाई प्रदेश सरकारले सधै सहयोग गर्ने प्रतिबता ब्यक्त गर्नुभयो ।

 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय गण्डकीका प्रदेशका सचिव बद्री अधिकारी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भटराई, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचना, सहारा क्लब पोखराका उपाध्यक्ष केशराज बराल, पत्रकार महासघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र नवनिर्वाचित अध्यक्ष दिननाथ बराल लगायतले गण्डकी प्रदेशमा खेलकुदको विकासका लागि पत्रकारीताको माध्यमबाट खेलकुद पत्रकार मञ्चले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

 

खेलकुद पत्रकार मञ्च गण्डकीको यही चैत पाँच गते सम्पन्न अधिवेसनले दिननाथ बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशि पौडेल, कोषाँध्यक्षमा कविता घर्ती मगरलाई चयन गरेको थियो । सदस्यहरुमा नारायण शाही उमेश पुन, एमवी आस्था मगर, राजु गिरीलाई चयन गेको थियो । सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिना पंगेनीको अध्यक्षतामा भएको थियो भने सञ्चालन निर्वाचन समिति सदस्य केशव पाठकले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...