गण्डकी प्रदेशको ह्याण्डवल टोली उदयपुर प्रस्थान

पोखरा, चैत २० गते । गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो ।

राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षक शुभास गुरुङ सहितको टोलीलाई विधाई गर्दै आफ्नो प्रदेशको नाम उचो राख्ने गरी उच्च मनोवलका साथ खेल लेल्न आग्रह गरे । खेलमा जित हार भन्दा पनि उत्कृष्ट खेल प्रर्दशन सहित अनुसासनमा रहनु आवश्यक भएको उनको भनाई थियो । राष्ट्रिय तथा युवा खेलाडीहरुको टोलीले प्रदेशको प्रतिनिधित्व गरेको संघका अध्यक्ष चित्र थापाले बताए ।

 

टोलीमा राष्ट्रिय खेलाडीहरु दिनेश श्रेष्ठ, तारा केसी र पवन छन्त्याल सहित ४ जना रहेका छन्। त्यसै गरी दिपेश बुढाथोकी, निकेस गुरुङ,मनिस घर्ति, अतित गुरुङ, कुसल गुरुङ, चन्द्र केसी, सुदिप गुरुङ र सविन गुरुङ रहेका छन्। टोलीको व्यबस्थापकमा भने याम गुरुङ रहेको संघका सचिव टेक बहादुर गुरुङले जनाए । यसैचिब नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष दीननाथ बराललाई उक्त अवसरमा खादा लगायर कार्यकालको सफलताको कामना समेत गरिएको संघले जनाएको छ । बराल ह्याण्डवल संघमा समेत आबद्ध छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...