वडास्तरीय भलिबल प्रतियोगिता भोलिदेखि

पोखरा, चैत २१ गते ।पोखरामा भोलि(मंगलबार)देखि अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रगंशालामा महानगरपालिका वडाहरुवीच भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । पोखरा रगंशालाको भलिबल कोर्टमा सुरु हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा पोखरा महानगरका १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि खेलाडीहरु सम्वन्धित वडामा नै वसोबास गरेको हुनुपर्ने समितिका सदस्यसचिव सुवाष खड्काले बताउनुभयो ।

प्रतियोगितामा उपाधि विजेता  पुरुष टिमले नगद १ लाख २० हजार, उपविजेताले नगद ७० हजार, तृतिय हुने टिमले नगद ४० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने समितीका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने पाँच विद्याका   खेलाडीहरुलाई जनही नगद ५ हजार प्रदान गरिने छ ।प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने आयोजकले जनाएको छ । यसैवीच समितिले खेल तालिका समेत सार्वजनीक गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...