
सम्मेलन एक दिनको भएपनि त्यसपश्चात युवाको उदेश्य अनुरुपको कार्यक्रम अघि बढाउने पहिलो पाइलाका केन्द्रिय महासचिव सुरज गिरीले जानकारी दिए । उनले अभियानमा पाँच सय जनाको सहभागिता रहने र देशका विभिन्न क्षेत्रमा आवद्द ६ जना व्यक्तिले आफ्नो भनाइ राख्ने बताए ।
सहभागि युवाहरुका लागि विभिन्न १७ विषय राखिएको र जुन युवालाई जे बन्न मन छ त्यसका लागि संस्थाले कार्यक्रम तय गर्ने पहिलो पाइला नेपालले पोखरा शाखाका अध्यक्ष रञ्जित दनै जानकारी दिए ।कार्यक्रममा पुर्व आइजिपि सर्वेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, अब्दुस मिया, गायिका सम्रिदी राई, सुजिता बस्नेत र प्रकाश तिवारीको सहभागिता रहनेछ ।