विश्व बैंकलाई पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह

पोखरा, चैत २४ गते ।विश्व बैंक समुह अन्र्तगत अन्तराषर््िट्रय वित्त निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार संग गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भेटवार्ता गर्नु भएको छ । नेपाल भ्रमणको क्रममा रहेका म्यानेजर सेल्मा तथा आई.एफ.सी. नेपाल प्रमुख बाबाकार सहितको टोलीसंग अर्थ मन्त्री बरालले विहिबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयमै भेटवार्ता गर्नु भएको हो ।

मन्त्री बरालले गण्डकी प्रदेशमा लगानीको धेरै सम्भावना भएको बताउदै प्रदेश सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको लागि लगानी मैत्रि वातावरण तयार गर्दै आएको बताउनु भयो । गण्डकी प्रदेश सरकारले पर्यटनलार्ई विकास पुर्वाधारको पहिलो आधार बनाएकोले सोही अनुरुप यहाँ पर्यटकीय गतिविधि थप संचालन गर्न निजी तथा साझेदारीमा केही काम गर्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।

 

योजना बैंकहरु बनाएसंगै प्रदेश सरकारले विदेशी लगानी भित्राउनको लागि लगानी सम्मेलन समेत गर्ने योजनामा रहेको मन्त्री बरालले बताउनु भयो । पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालयले निगमको टोली समक्ष आग्रह गरेको छ । कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सहुलियत दरमा ऋण आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।

 

गण्डकी प्रदेश सरकारको आर्थिक विकास र समृद्धिको लागि निगमले प्रदेशमा लगानी गर्ने बिषयमा सकरात्मक भएको टोलीमा सहभागि म्यानेजर सेल्मा बताउनुु भयो । अन्तराष्ट्रिय लगानी बढाउन सकिने उहाँको भनाई थियो । आफुहरुले साझेदारीमा प्रदेशका केही क्षेत्रमा लगानी गर्न चाहेको आई.एफ.सी. नेपाल प्रमुख बाबा कारले बताउनु भयो ।

 

५ दीने नेपाल भ्रमणमा रहेको उक्त टोलीले काठमाण्डौं र गण्डकी प्रदेशको राजधानि पोखरामा भ्रमणको क्रममा प्रदेश सरकार समक्ष भेटघाट गरेको हो । टोलीमा म्यानेजर सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानी रहेका छन्। कार्यक्रममा मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, मुख्यमन्त्री तथा मत्रिपरिसदको कार्यालयका सूचना अधिकारी विकास थापा मगर लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...