एमालेले पोखराको मेयर र उपमेयरको उम्मेदवार मतदानबाट छान्दै

पोखरा, बैशाख २ गते । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गर्न एमालेले आन्तरीक निर्वाचन मार्फत मेयर र उपमेयरका उम्मेदवार छान्ने भएको छ । मेयर र उपमेयरमा आकांक्षी धेरै भएपछि आन्तरीक मतदान मार्फत उम्मेदवार सिफारिस गर्ने निर्णयमा एमाले महानगर कमिटि पुगेको छ ।

एमाले महानगर कमिटिले मेयर र उपमेयर पदको सिफारिसका लागि निर्वाचन कमिटि गठन गरेर निर्वाचन कार्यतालिका सार्वजनीक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बिहिवार साँझ ५ बजे मतदाताको नामावली प्रकाशन गरिसकेको छ । मतदाता नामावली उपर दावी विरोध र सुधारका लागि बैशाख २ गते शुक्रबार विहान ८ देखि ८ः१५ बजेसमको समय दिइएको छ ।मतदाता नामावली उपर परेको दावी विरोध र सुधारका लागि सूचना प्रकाशन शुक्रबार विहान ८ः२० बजेसम्म, दावी विरोध उपर छानविन र निर्णय ८ः३० बजे, अन्तिम मतदाता नामावली प्रकाशन विहान ८ः३० बजेलाई तोकिएको छ ।

 

निवार्चन कार्यतालिका अनुसार उम्मेदवारको दरखास्त फारम वितरण ९ देखि ९ः१४ सम्म, उम्मेदवारको दरखास्त फाराम दर्ता ९ः१५ देखि १० बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन शुक्रबार विहान १० बजे, उम्मेदवारको विरोधममा उजुरी दिने विहान १०ः१५ देखि १०ः३० सम्म र उजुरी उपर छानविन र निर्णय विहान १०ः४५ बजेलाई तोकिएको छ । त्यस्तै उम्मेदवारको नामावली पून प्रकाशन विहान १०ः४५ बजे, उम्मेदवारको नाम फिर्ता विहान १०ः५० देखि ११ः१५ सम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबारै विहान ११ः१५ बजेसम्म र मतदान दिउसो १२ बजेदेखि १ बजेम्मका लागि तय गरिएको निर्वाचन कमिटिले कार्यतालिका सार्वजनीक गरेको छ । मतदानपछि मतणना र परिणाम प्राप्त हुने वित्तिकै मत परिणाम घोषणा गरिने भएको छ ।पोखराका मेयरमा १२ र उपमेयरमा ११ जनाले आकाक्षा ब्यक्त गरेका छन् ।

एमाले कास्कीले पालिका प्रमुख र उपप्रमुख छान्ने निर्णय गरेपनि कास्कीका पाँच पालिका मध्य रुपा गाँउपालिका बाहेक पोखरा महानगर, माछापुच्छे , अन्नपूर्ण र मादी गाँउपालिकामा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोट हुन सकेको छैन् । पोखरा सहित अन्य तीन पालिकामा पनि मतदान हुने सम्भावना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...