पोखरा १ का नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र पुरानालाई बिदाई

पोखरा, जेठ २४ गते ।हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिहरुलाई स्थानीय अभियान महिला समुहले स्वागत गरेको छ भने निर्वतमान भएकाहरुलाई बिदाई ।

स्थानीय समाजसेवी माधवप्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको कार्यक्रममा पोखरा १ सिम्पानी, लामपाटा स्थित समुहकी अध्यक्ष राधादेवी पराजुली र समुहकी जेष्ठ सदस्य अम्विका त्रिपाठीले नयाँ जनप्रतिनिधिहरुलाई फुल, अविर र खादा लगाएर स्वागत तथा निवर्तमानलाई दोसल्ला तथा सल ओढाएर बिधाई गरेकी थिईन ।

 

निर्वाचनमार्फत वडाको अध्यक्षमा सहारा प्रधान सगै सदस्यहरुमा शोभा गुरुङ, रामजी पौडेल, जुकमाया दमाई र जुम काजी गुरुङ निर्वाचित भएका थिए ।समुहको स्वागतपछि आफनो भनाई राख्दै अध्यक्ष प्रधानले वडामा यस अघि सुरु गरिएका तर पुरा हुन नसकेका अपुरा कामलाई पुरा गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताए । प्रधान वडाको निवर्तमान वडा सदस्य समेत हुन । वडामा रहको विभिन्न संघ संस्था, आमा समुह लगायत संग सहकार्य गरि आफुहरु अघि बढ्ने बताए ।

 

वडा सदस्य राम्जी पौडेलले वडावासीले आफुहरुलाई विश्वास गरेर जिताएकाले मतदाताको मन जित्ने गरि काम गर्ने र यस्का लागि आवश्यक साथ, सहयोग र सल्लाह दिन आग्रह गरेका थिए ।निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले संघीयतपछि स्थापन भएको स्थानीय तहमा सुरुमा आफुहरुलाई काम गर्न गाहो भएको बताईन । आफनो पाँच वर्षे कार्यकालमा वडाको विकासका लागि धेरै बाटोहरु कोरेको र त्यसलाई पुरा गर्ने काम निर्वाचित प्रतिनिधिको रहेको भनाई राख्दै वडाको विकासको लागि आफुले सकेको सहयोग गर्ने भनाई राखेकी थिईन ।

 

निवर्तमान वडा सदस्य रुद्र सुवेदीले पहिला भएका गल्ती र कम्जोरीलाई सुधार गदै अघि बढ्न निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । काम बाँडफाँडमा भेदभाब नगरी गर्न सुझाव दिदै सुवेदीले आफुहरुको कार्यकाल सकिएपनि आवश्यक परेको खण्डमा सहयोग गर्नका लागि तयार रहेको बताए । समुहकी अध्यक्ष पराजुलीले वडाको आवश्यकता के के हुन त्यसलाई लिपिबद्ध गरि प्राथमिकता हेरी काम गर्न सल्लाह दिईन । वडाको आवश्यकता र हितलाई ध्यान दिएर काम गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह समेत गरेकी थिईन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...