लागुअौषध सहित पाेखराबाट ३ जना पक्राउ

लागू औषध सहित ३ जना मानिस पक्राउ
पाेखरा,जेठ २७ गते ।लागुअौषध पाेखराबाट ३ जना पक्राउ परेका छन ।                                           औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ नागढुङ्गा स्थितबाट जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, ऐ.ऐ. ४ बस्ने वर्ष २६ को देवान्स थापा र जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० को मनीष पौडेललाई पक्राउ गरेकाे हाे । उनिहरुकाे साथबाट साथबाट लागू औषध डाईजापाम- ७० एम्पुल, फेनेरागन- १२० एम्पुल, नुर्फिन– ९५ एम्पुल गरी जम्मा- २८५ एम्पुल र मोबाईल थान ४ सहित बरामद गरेकाे कास्की प्रहरीले जनाएको छ ।  पक्राउ परेका सबैलाई  जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...