पोखरा, असार २९ गते ।नेपाल हवाई खेलकुद सस्थाको नवौ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।बुधबार एक कर्यक्रमका वीच सपथ तथा सपथ ग्रहण गराइएको हो । निर्वाचन अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले पदाधिकारी सहित सदस्यहरुलाई सपथ खुवाउनुभयो ।
अधिवेशनले सुनिलबहादुर भटराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सोभित बानियाँ, प्राविधिक उपाध्यक्षमा अनिल केसी, महासचिवमा खेमराज आचार्य, सचिवमा रोशन गौतम र कोषाध्यक्षमा अशोक पराजुली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शेरबहादुर गुरुंग, विजय गौतम, दिपक थापा, भेनिस थापा र यमनथा देवकोटा चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भटराइले प्याराग्लाईडिंग पोखराको पर्यटनको क्षेत्रमा महत्वपूर्ण रहेको बताउदै यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरामा अन्र्तराष्टिय विमानस्थल सञ्चालनसगै प्याराग्लाईडिग विस्थापन हुने अवस्था आउन नदिन र यसलाई बचाउन सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्याराग्लाईडिंग पोखराको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण रहेको बताउदै यसलाई वचाउन सरकार, पर्यटन बोर्ड, नगरिक उड्डयन कार्यालय लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिलबहादुुर कोइरालाले सहासीक खेल र पर्यटनको आकर्षण रहेको प्याराग्लाईडिंगको व्यवस्थापनमा खेलकुद संस्था लाग्ने बताउनुयो ।