सिक्लेस हाइड्रोपावरकाे शेयर निष्कासन

पाेखरा, साउन ६ गते ।सिक्लेस हाइड्रोपावर लिमिटेडले आज साउन ६ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लास्थित मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर निष्काशन गरेको हो ।

आईपीओ भर्न माछापुच्छ्रे बैंकको मादी शाखा याङ्जाकोट र सिक्लेस कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

मादी १ वासीको सवालमा आईपीओ सेयर भर्न ईच्छुक तर डिम्याट एकाउन्ट नभएको कोहि हुनुहुन्छ भने आजभोलिकै मितिमा माछापुच्छ्रे वैक सिक्लेस शाखामा गई डिम्याट एकाउन्ट खोल्नुहुन अनुरोध छ ।

डिम्याट एकाउन्ट एक्टिभ गर्न केही समय लाग्ने हुदा समयमै डिम्याट एकाउन्ट खोलेको खण्डमा मात्र हाइड्रोपावरले तोकिएको समयससिमा भित्र आईपिओ भर्न सकिनेछ ।

यस कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यसको निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गते हुने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...