पोखरा, मंसिर ८ गते । गण्डकी प्रदेशमा ३० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दिउसो जारी गरेको दुई विज्ञप्ति अनुसार ३० संक्रमित थपिएका हुन् ।
पहिलो विज्ञप्तिमा पोखराका १२ सहित १५ जना र दोश्रो विज्ञप्तिमा नवपरासी पूर्वका ११ सहित १५ जना गरी ३० जना थपिएका हुन् ।योसंगै गण्डकीमा ११०९१ संmक्रमित पुगेका छन् ।