अाज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । अाज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।
