सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यकासाथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडि बढाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा विद्यमान बेरोजगार युवा जनशक्तिलाई श्रम बजार अनुकूलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अघि बढाएको बताए ।

दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रिपरिषद्मा विचाराधिन अवस्थामा रहेको बताउँदै उनले गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अघि बढ्ने उहाँले बताए ।

अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याउने अन्तिम तयारी भएको पनि मन्त्री कुँवरले जानकारी दिए । अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भई छलफलका क्रममा रहेको र केही समयभित्रै कार्यन्वयनमा आउने उनले बताए ।

मन्त्री कुँवरले जर्मनसँग श्रम समझौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिए । नेपालका श्रमिकले सम्मानजनक पारिश्रमिक पाऊन् भन्नका लागि जर्मन, बेलायत, हंगेरीलगायत देशसँग श्रम सम्झौता गर्ने तयारी गरेको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...