गण्डकी प्रदेशलाइ  नमुना  प्रदेश बनाउछौ : उम्मेदवार अधिकारी

नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेश सभा  सदस्यका उम्मेदवार खगराज अधिकारीले गन्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई  सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका  हुन् । एमालेका संगठन बिभाग  प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे ।

 

 चुनाब पछि यो देशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबि गर्दै  जनताका आवश्यकता र बिकासका कामहरु तिब्र रुपमा  गर्ने , स्वाथ्य सेवालाइ निशुल्क  र सेवाग्राहीलाइ अनलाइन  मार्फत सेवा दिने गरि अगाडी बढ्ने  बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...