पत्रकार नेपालीमाथि प्रहरीद्धारा अभद्र व्यवहार

पोखरा कार्तिक १७ गते । पत्रकार विजय नेपालीमाथि नेपाल प्रहीले गरेको अभद्र व्यवहारप्रति पत्रकारसंग आवद्ध संघसस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल प्रेस युनियन, प्रेस सेन्टर कास्की लगायतका संघसंस्थाले ध्यानाकर्षण भएको जनाउदै दोषिलाई कारबाही गर्न माग गरेका छन् ।

कास्कीका कार्यसमिति सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्नेक्रममा प्रहरी हस्तक्षेपको निन्दा व्यक्त गरेको छ ।

 

युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूणर् प्रेस स्वतन्त्रताको वातावरणको लागि माग गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...