पोखरा,३० कार्तिक ।नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए ।

‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने ।