आहा रारा गोल्डकपकाे सर्वोत्कृष्ट खेलाडी बने संकटाका सुलिन, जिते स्कुटर

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिले जितेकाे ।

सहारा  क्लब पाेखराकाे  आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा संचालित  २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बलले प्राप्त गरे ।

 

उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका स्ट्राईकर मेसुकेले पाए । उनले चार गोल गरेका थिए ।

 

संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए ।

 

बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...