गण्डकीकाे मुख्यमन्त्रीमा अधिकारीद्वारा दाबी पेश

पाेखरा, पुस २५ गते ।गण्डकी प्रदेशकाे मुख्यमन्त्री दावी गर्दै एमाले संसदीय दलका नेता खगराज अधिकारीद्वारा दावी प्रस्तुत  गरेका छन ।एमाले २२, माओवादी केन्द्रका ८, राप्रपा २ र स्वतन्त्र १ गरि ३३ सांसद सहित प्रदेश  प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी प्रस्तुत गरेका छन ।

उनले प्रदेश कार्यालय मुस्ताङचाेक पुगेर दावी प्रस्तुत गरेका हुन ।एमाले दलका नेता अधिकारी, माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ र स्वतन्त्र सांसद दिपक मनांगे सहित पुगेर दाबी पेश गरेका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...