मदरल्याण्डमा हाजिरी जवाफमा प्रथम विद्यार्थीलाई सम्मान

 पोखरा ।पीइए एसोसिएसन काठमाडौं र हिसान कास्कीको संयुक्त आयोजनामा पोखरा इन्जिनियरिङ कलेजमा हालै सम्पन्न राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगिता गण्डकी प्रदेश छनोट कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल कक्षा १२ को विज्ञान समूहमा अध्ययनरत विद्यार्थीद्वय विनायक बाँस्तोला र प्रवेश बाँस्तोलालाई विद्यालयमा एक समारोहबिच सम्मान गरिएको छ।
विशेष गरी दस जोड दुईपछि इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजीतिर जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३६ ओटा समूह सहभागी भएको कुरा बधाई दिँदै विद्यालयका प्रचार्य नारायण बरालले व्यक्त गर्नुभयो।
यसै अवसरमा नेपाल माउन्टेरिङ एसोसिएसन एनएमएद्वारा आयोजित दस जोड दुई स्तरीय हाजिरी जवाफ प्रतियोगितामा यसै विद्यालयबाट सहभागी भई  प्रथम स्थान हात पार्न सफल व्यवस्थापन समूहमा अध्ययनरत  विद्यार्थीत्रय प्रशंसा बरालफ अभिजित बराल र वरुण पौडेललाई पनि सम्मान गरिएको कुरा विद्यालयका दस जोड दुईका इन्चार्ज नारायण आचार्यले जानकारी दिनुभयो।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...